पोखरा १ को निशुल्क स्वास्थ्य शिविरमा २ सय जना लाभान्वित
पाेखरा | पुस २०, २०८०
पोखरा: पोखरा महानगरपालिका वडा नं. १ मा वृहत् स्वास्थ्य शिविरमा २ सय जनाले सेवा लिएका छन् ।
पोखरा महानगरपालिका वडा नं.१ कार्यालयको आयोजना, मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोग तथा सहरी स्वास्थ्य केन्द्र पोखरा १ को सहकार्यमा नाक, कान र घाँटी परीक्षण सम्बन्धी वृहत् स्वास्थ्य शिविरमा २ सय जनाले सेवा लिएका हुन् ।
शिविरको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले महानगपालिका नगरवासीहरूको स्वास्थ्य प्रति संवेदनशील रहेको बताउनुभयो ।
नगरवासीहरूको स्वास्थ्य प्रवर्द्धनका लागि महानगरपालिकाले वडा स्तरीय सहरी स्वास्थ्य केन्द्र, महानगरपालिका स्तरीय सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र र अस्पताल समेत सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
वडा नं.१ का वडा अध्यक्ष सहारा प्रधानले वडामा रहेका नागरिकहरूको स्वास्थ्य परीक्षण गर्ने र उनीहरूलाई स्वास्थ्य प्रति सचेतना जगाउने उद्देश्यले शिविरको आयोजना गरिएको बताउनुभयो ।
उहाँका अनुसार शिविरमा सयौँ वडावासी नागरिकहरूले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्य...
पोखराः पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्र...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा विना गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आधिकारिक टिकट ...

